सेनाले राजनीति गरेकै त रहेछ नि

सेनाले राजनीति गरेकै त रहेछ नि

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले लेफ्टिनेन्ट जनरल असिम मुनिरलाई देशको शक्तिशाली सेनाको नयाँ प्रधान सेनापतिमा नियुक्त गरेका छन् । त्यहाँका सूचना मन्त्रीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका छन् । 

नयाँ प्रमुखले हालका प्रधान सेनापति कमर जावेद बाजवाबाट पदभार ग्रहण गर्नेछन् । बाजवाले छ वर्षको कार्यकालपछि एक सातामा अवकाश लिँदै छन् । 

यसअघि बाजवाले पाकिस्तानी सेना राजनीतिमा संलग्न भएको स्वीकार्दै सेनाले ‘राजनीतिमा हस्तक्षेप’ लाई रोक्ने निर्णय गरेको बताएका थिए ।

टिप्पणीहरू