मतदाता झुक्याउने कर्मचारीलाई कारवाही गर्न निर्वाचन आयोगको सर्कुलर

मतदाता झुक्याउने कर्मचारीलाई कारवाही गर्न निर्वाचन आयोगको सर्कुलर

आइतबार सम्पन्न मतदानको क्रममा मतदातालाई झुक्याउने मतदान अधिकृतलगायत कर्मचारीलाई कारवाही गर्न निर्वाचन आयोगले मातहत कार्यालयलाई निर्देशन दिएको छ ।
आयोगको हिजोको निर्णयानुसार सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय,निर्वाचन अधिकृतको कार्यालय,सबै जिल्ला प्रशासन कार्यालय,सबै प्रदेश निर्वाचन कार्यालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई लेखिएको पत्रमा उक्त निर्देशन दिइएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिई आफूलाई प्रचलित निर्वाचन कानूनबमोजिम तोकिएको जिम्मेवारी निर्वाह गर्ने क्रममा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत,सहायक कर्मचारी,स्वयं सेवकले तोकिएको जिम्मेवारी निर्वाह नगरेको भए कारवाही गर्न भनिएको छ । 

‘मतपत्र दिने क्रममा दिनुपर्ने मतपत्र नदिएको,कुनै मतदातालाई एउटै सभाको दोहोरो मतपत्र दिएको, मतपत्रको क्रम नमिलाई मतदान कार्य सुरुवात गरेको, मतपेटिका क्रम मिलाएर नराखेको, मतपत्रको ठेली सकिई अर्को ठेली दिँदा गलत ठेली दिएको, गैर मतदाता पहिचान हुँदासमेत मतदान गर्न अनुमति दिएको जस्ता कार्यहरूबाट विवाद उत्पन्न भई केही समय मतदान कार्यमा अवरोध हुन गई मतदान नै स्थगित गरी पुनः मतदान गर्नु पर्ने अवस्था सिर्जना गराउने कर्मचारीलाई आवश्यक कारवाही गर्नका लागि आयोगमा सिफारिस गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिने ।’

निर्णयानुसार लेखिएको पत्रमा उल्लेख छ,‘मतपत्र दिने क्रममा दिनुपर्ने मतपत्र नदिएको,कुनै मतदातालाई एउटै सभाको दोहोरो मतपत्र दिएको, मतपत्रको क्रम नमिलाई मतदान कार्य सुरुवात गरेको, मतपेटिका क्रम मिलाएर नराखेको, मतपत्रको ठेली सकिई अर्को ठेली दिँदा गलत ठेली दिएको, गैर मतदाता पहिचान हुँदासमेत मतदान गर्न अनुमति दिएको जस्ता कार्यहरूबाट विवाद उत्पन्न भई केही समय मतदान कार्यमा अवरोध हुन गई मतदान नै स्थगित गरी पुनः मतदान गर्नु पर्ने अवस्था सिर्जना गराउने कर्मचारीलाई आवश्यक कारवाही गर्नका लागि आयोगमा सिफारिस गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिने ।’

उक्त निर्णयको जानकारी यथाशीघ्र १६५ वटै निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई दिन र सो कार्यमा आवश्यक सहजीकरण गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयलाई समेत निर्देशन दिने समेत आयोगको निर्णय छ ।

टिप्पणीहरू