१९ सीटमा लडेको कलम १० मा विजयी हुँदै,दैलेखमा अम्मरबहादुर

१९ सीटमा लडेको कलम १० मा विजयी हुँदै,दैलेखमा अम्मरबहादुर

दैलेखको निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार अम्मरबहादुर थापा १८ हजार २५६ मत ल्याएर बिजयी भएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार रविन्द्र शर्माले १७ हजार ४०७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ राप्रपाले ४ हजार ६०२ मत प्राप्त गरेको छ ।
     
दैलेख १ मा १ हजार ६५७ मत बदर भएको छ । सत्ता गठबन्धनको भागबण्डामा नेकपा एकीकृतले २० सीट पाएमध्ये रुपन्देही-२ मा राजु गुरुङ्गको मनोनयन निर्वाचन आयोगले बदर गतिदिएपछि १९ सीटमा उसले प्रतिस्पर्धा गरेको थियो । जसमध्ये,उदयपुर-२,गुल्मी-२,मकवानपुर-२,काठमाण्डौ-८,धनुषा-१ मा असफलता हात लागेको छ भने सिराहा,इलामको नतिजा आइसकेको छैन ।

टिप्पणीहरू