कोमल वली झन् पछाडि

कोमल वली झन् पछाडि

दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार रहेकी कोमल वली २४ सय मतले पछाडि परेकी छन् । नेपाली काँग्रेसका दीपक गिरीको अग्रता झन् फराकिलो बनेको छ ।  सत्ता गठबन्धनबाट उम्मेदवार बनेका दीपकले शुरुदेखि नै अग्रता कायम गरेका हुन् । उनले निकटतम प्रतिस्पर्धी एमालेकी वलीलाई २४ सय ३३ मतले पछि पारेका छन् ।

प्राप्त पछिल्लो मत परिणामअनुसार २७ हजार ५५ मत गणना हुँदा गिरीको ११ हजार दुई सय चार मत आएको छ । वलीको आठ हजार सात सय ७१ मत छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले चार हजार तीन सय ५० मत ल्याएका छन् ।

टिप्पणीहरू