सुदूर पश्चिममा कस्तो छ दलहरुलाई प्राप्त मतसंख्या ?

सुदूर पश्चिममा कस्तो छ दलहरुलाई प्राप्त मतसंख्या ?

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारा लामा तामाङ प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि पुगेका छन् । 

हालसम्म २० हजार ७८ मतगणना हुँदा तामाङ फराकिलो मतान्तरका साथ अघि छन् । उनी नौ हजार ९६१ मतसहित अग्रस्थानमा छन् । 

त्यस्तै,नेकपा माओवादी केन्द्रकी उम्मेदवार बीना मगर पाँच हजार ८४९ मतसहित उनलाई पछ्याउँदै छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीबहादुर शाहीले ९९६ मत ल्याएका छन् । 

क्षेत्र नम्बर २ को ताजा मतपरिणामअनुसार कांग्रेसले अग्रता लिएको छ । ३६ हजार ९३२ मतगणना हुँदा रुख चिन्ह भएका एनपी साउदले १५ हजार ९९१ मत प्राप्त गरेका छन् । 

एमालेका नरबहादुर धामीले १२ हजार ९८१ मत पाएका छन् । दुई हजार २९७ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज जोशी तेस्रो स्थानमा छन् । 

भखरै प्राप्त मतपरिणामअनुसार क्षेत्र नम्बर ३ मा ४६ हजार २३७ मतगणना भएको छ । रुख चुनाव चिन्ह लिएर उठेका रमेश लेखक २३ हजार ६३१ मतसहित सबैभन्दा अगाडि छन् । 

सूर्यबाट उम्मेदवार नीरुदेवी पालले १४ हजार ६५९ मत प्राप्त गरेकी छिन् । घण्टी चिन्ह भएका कृष्ण लुहारले १९ सय ४० मत ल्याएका छन् । 

यता, दार्चुलामा कांग्रेसका दिलेन्द्रप्रसाद बडु र एमालेका गणेशसिंह ठगुन्नाबीच रोचक प्रतिस्पर्धा देखिएको छ । झिनो मतान्तरले यी दुई उम्मेदवार अघिपछि छन् । 

बडु १३ हजार २३० मतसहित अघि छन् भने ठगुन्ना १३ हजार १८२ मतसहित उनलाई पछ्याइरहेका छन् । राप्रपाका नरेशसिंह धामीले जम्मा २१३ मत ल्याएका छन् । 

त्यसैगरी, दार्चुलाको प्रदेश सभा १ र २ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । ३१ हजार ५४२ मत गन्दा प्रदेश सभा १ मा कांग्रेसका विक्रमसिंह धामीले १५ हजार १२७ मत पाएका छन् । 

एमालेका हरिदेव जोशी १३ हजार ४५१ मतमै रोकिए । प्रदेश सभा २ मा माओवादीका मानबहादुर धामीले बाजी मारेका छन् । उनले १३ हजार १७१ मतसहित आफ्नो जीत निकालेका छन् । 

एमालेका रामदत्त जोशी झण्डै दुई हजार मतले पराजित भए । जोशीले जम्मा ११ हजार ८५६ मत पाएका हुन् । 

यता, कैलाली क्षेत्र नम्बर ४ मा मतगणना स्थगित भएको छ । मतपेटिकामा अर्धकट्टी भेटिएपछि मतगणना रोक्नुपरेको बताइएको छ ।

टिप्पणीहरू