जी २० शिखर सम्मेलनमा रुसी राष्ट्रपति नजाने

जी २० शिखर सम्मेलनमा रुसी राष्ट्रपति नजाने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को हप्ता इण्डोनेसियाको बालीमा हुने जी २० मुलुकका नेताहरूको शिखर सम्मेलनमा सहभागी नहुने हुनुभएको छ । इण्डोनेसियास्थित रुसी दूतावासले उक्त जानकारी गराएको बताइन्छ ।

सम्भवतः रुसी विदेशमन्त्रीले उक्त सम्मेलनमा भाग लिने सम्भावना रहेको प्राप्त समाचामा जनाइएको छ । दूतावासका एक जना अधिकारीले भने ‘विदेशमन्त्री सर्गेई लाभरोभले जी २० मा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने सम्भावना छ । राष्ट्रपति पुटिन सहभागी हुनेबारे अझै काम भइरहेको छ । सम्भवतः उहाँले भर्चुअल रूपमा भाग लिन सक्नुहुन्छ ।’

युक्रेन युद्धलाई लिएर यसअघि अमेरिकी राजदूत जो बाइडेनले पुटिनलाई ‘युद्ध अपराधी’ को संज्ञा दिएका थिए ।

टिप्पणीहरू