मुक्तकमलहरी होस्टललाई सहरी विकासमन्त्रीको सहयोग
सहरी विकासले मुक्त कमलहरी होस्टललाई सहयोग गर्नुभएको छ । उहाँले लमही नगरपालिका १ स्थित लावाजुनी मुक्त कमलहरी होस्टेलमा पुगेर सहयोग गर्नुभएको बताइएको छ ।
मन्त्रीले दुई वर्षदेखि उक्त होस्टलले तिर्न बाँकी दुई लाख नगदसहित ४० हजार बराबरको खाद्यान्नलगायत अन्य सामग्री प्रदान गर्नुभएको छ । साथै उहाँले छात्राबासमा बस्ने कमलहरी किशारी सबैको खाने र बस्ने जिम्मा लिने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
कमलहरी किशोरीहरुको समस्या समाधान गर्न प्रदेश मन्त्री, मुख्य मन्त्रीदेखि संघीय मन्त्रीहरुले चासो नदेखाएपछि मन्त्री चौधरी अघि सर्नुभएको हो । सरकारले जम्मा १४ जनाका लागि मात्र सहयोग गर्दै आएको होस्टलमा अहिले ३२ जना विद्यार्थी छन् ।
सरकारले १० महिनाको निम्ति मात्र खर्च दिने भएकाले खर्च धान्न गाह्रो भएकोे होस्टल वार्डेन बृजा चौधरीले बताइन् । सरकाले समयमा खर्च नदिँदा थप समस्या हुने गरेको उनको गुनासो छ । उनी भन्छिन्, ’बेलाबेलामा विद्यार्थीहरु बिरामी पर्छन् । आर्थिक अभावकै कारण एक जनाको ज्यान गयो’ उनले थपिन्, ’महंगी बढेको बढ्यै छ । केले खाने, केले पुर्याउने, केले उपचार गर्ने निकै गाह्रो अवस्था छ ।’
टिप्पणीहरू