सर्वोच्च अब शुक्रवार पनि दिनभर
शुक्रवार आधा दिनमात्र कार्यसम्पादन गर्दै आएको सर्वोच्च अदालत अब दिनभर खुल्ने भएको छ । पुराना मुध्दाको चाप बढेको भन्दै सर्वोच्चले शुक्रवार पनि अन्य दिन सरह पुरा समय अदालत खोल्ने निर्णय गरेको हो ।
यसअघि असार २२ गते बसेको सर्वोच्चको फुलकोर्टले पुराना मुध्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना,२०७९ का सम्बन्धमा महत्वपूर्ण निर्णय गर्दै साउन २० गतेदेखि शुक्रबार पूरा समय काम गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार भोलि (शुक्रवार) अन्य बारजस्तै दिनभर अदालत सन्चालन हुने सर्वोच्चको प्रशासन शाखाले जानकारी दिएको छ ।
टिप्पणीहरू