द्रौपदी मुर्मुले लिनुभयो भारतीय राष्ट्रपति पदको शपथ

द्रौपदी मुर्मुले लिनुभयो भारतीय राष्ट्रपति पदको शपथ

भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मुले १५ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ ।

केही बेरअघि एक समारोहवीच सर्वोच्च अदालतका प्रधानन्यायाधीश एन. भी. रमणले उहाँलाई शपथ गराउनुभएको हो । हिजोदेखि निवर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल सकिएको छ ।

मुर्मु सन् २०१५ देखि सन् २०२१ को बीचमा झारखण्डकी पहिलो महिला गभर्नर हुनुहुन्थ्यो ।

भारतमा पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिलपछि मुर्मु दोस्रो महिला र पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बन्नुभएको हो ।

टिप्पणीहरू