श्रीलंकामा नयाँ राष्ट्रपतिप्रतिको जनअसन्तोष थप चर्कियो

श्रीलंकामा नयाँ राष्ट्रपतिप्रतिको जनअसन्तोष थप चर्कियो

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे चुनिएलगत्तै जनअसन्तोष झन् उग्र बन्दै गएको छ । विक्रमासिंघे पनि पुरानै सत्ताको निरन्तरता भएको आरोप लगाउँदै विरोध प्रदर्शन भएको हो ।

विक्रमासिंघेले नयाँ राष्ट्रपतिमा शपथ लिएसँगै सुरक्षाकर्मी पहिलेको तुलनामा आक्रामक देखिएका छन् । सेना र प्रहरीको स्पेसल टास्क फोर्स राष्ट्रपति कार्यालय अगाडि पाल टाँगेर बसेका आन्दोलनकारीको शिविर हटाउन लागिपरेको बीबीसीले जनाएको छ । सुरक्षाकर्मीले कतिपय पत्रकारलाई समेत कुटपिट गरेको जनाइएको छ ।

प्रदर्शनकारीले यसअघि राष्ट्रपति भवन कब्जा गरेपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षे मुलुक छाडेर भागेका थिए । हिजो केही प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ । विक्रमसिंघेले राष्ट्रपति निर्वाचितलगत्तै सरकारी भवन कब्जा गर्नेलाई कानुनी कारबाही गर्ने बताएका थिए । अहिले त्यस्तै चेतावनीको विरोधमा जनअसन्तोष बढेको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।

टिप्पणीहरू