मक्कामा लाइट रेल खोलियो

मक्कामा लाइट रेल खोलियो

कोरोना महामारीले गर्दा दुई वर्षसम्म बन्द रहेको रेलसेवा जुलाई ६ देखि १२ सम्म पुन: सन्चालनमा ल्याइएको छ। विभिन्न देशबाट आएका हजारौं मुस्लिम तीर्थयात्रीहरुलाई यो रेलसेवाबाट निक्कै नै राहत महशूस भएको जनाइएको छ ।

कोरोना भाइरसको प्रकोपपछि दुई बर्ष बिदेशी तीर्थयात्रीहरुलाई निषेध गरिएको यो हजयात्रा साउदी अरेबिया सरकारले यो वर्ष अनुमति दिएपछि देशविदेशबाट हजारौंको संख्यामा मानिस भेला भएका थिए भने पछिल्लो दुई वर्ष घरेलु तीर्थयात्रीहरुमा सिमित थियो।

साउदी अरेबियाको सामान्य तथ्याङ्क प्राधिकरणले गत शुक्रबार घोषणा गरेको तथ्याङ्कअनुसार चालु सिजनमा कूल ८ लाख ९९ हजार ३५३ मक्कामा हज गर्न गएका थिए। जसमध्ये ७ लाख ७९ हजार ९१९ जना विदेशी र १ लाख १९ हजार ४३४ जना आन्तरिक तीर्थयात्री रहेको जनाइएको छ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू