ट्राभल उद्योगभित्रका आफ्नै अप्ठेरा, अमाडियस नेपालको छुट्टै योजना

ट्राभल उद्योगभित्रका आफ्नै अप्ठेरा, अमाडियस नेपालको छुट्टै योजना

साढे दुई दशकदेखि कार्यरत अमाडियस नेपालले पछिल्ला दिनमा थप एड्भान्स ट्राभल टेक्नोलोजीको व्यापक प्रयोग गर्ने भएको छ । यसबाट ट्राभल व्यवसाय, विमान कम्पनी, ट्राभल एजेन्सी र परामर्शदाताहरूलाई विश्वयात्राका इकोसिस्टममा समेट्ने बताइएको छ ।

हवाई यात्राका सेवालाई थप प्रभावकारी व्यवस्थापन गर्न र यात्रुलाई उन्नत सेवा प्रदान गर्न मद्दत गर्ने हेतुले हालै वेविनारको आयोजना गरेको हो । अमाडियस जीडीएसले अनुसूचित विमान कम्पनीका सीटहरूको विस्तृत व्यवस्थापन, होटल कोठा, बीमा प्याकेज, सवारी साधनको भाडा र विश्वव्यापी अन्य यात्रा सेवामा सरल र सहज पहुँच प्रदान गर्ने भएकाले आफ्ना सेवालाई थप विश्वसनीय बनाउन पहल गरेको कम्पनीले जनाएको छ ।

अमाडियस विश्वमा एनडीसीको औद्योगीकरणका लागि प्रतिबद्ध रहेकाले एशिया प्रशान्त क्षेत्रमा उसले आफ्ना एयरलाइन्स साझेदारहरू सिंगापुर एयरलाइन्स, क्वान्टास, अमेरिकन एयरलाइन्स र पाइपलाइनमा रहेका धेरै वटा वायुसेवा कम्पनीसँग महत्वपूर्ण सम्बन्ध कायम राखेकाले यात्रुले खोजेका सबै किसिमका सेवा प्राप्त गर्न सहज हुने विश्वास वेबिनारमा सहभागीहरुले बताएका हुन् ।

अमाडियस सन् १९९६ देखि नेपालको ट्राभल टेक्नोलोजी बजारमा सक्रिय रहेकाले यसबीचमा देखापरेका समस्या समाधान गर्न र आवश्यकतालाई परिपूर्ति गराउन सँधै तयार रहेको आमाडियसका भारतीय उपमहाद्वीप सीईओ राक्स बान्सलले जानकारी दिएका छन् ।

आमाडियसका उपाध्यक्ष रामोना बोहवोंगप्रसट र अर्का अधिकारी नित्श सेनापतिले पनि ट्राभल इन्डष्ट्रिमा विमान कम्पनी र एनडीसीबीच अन्तरविरोध देखिएकाले त्यसलाई हटाउन र यात्रुको सहजताको निम्ति आफनो कम्पनी लागि परेको बताए । उनीहरुको भनाइ थियो, ‘एनडीसीले धनी र धेरै निजी सामग्री मार्फत् खुद्रा बिक्री क्षमता बढाएको छ । अकोतर्फ एयरलाइन्सहरुले उनीहरूका ग्राहकहरूको उत्तम सेवा प्रदान गर्ने प्रस्तावलाई सक्दो नियन्त्रण गर्दछन् । यसबाट आवश्यकता र यात्रा प्रतिबन्धअनुसार वास्तविक समयमा विभिन्न असहजता उत्पन्न हुँदा यात्रुले नयाँ प्रस्तावहरुबीचको तुलना र छनौट गर्न सक्छन् ।’ त्यसमा आमाडियस विशेषतः हवाई यात्रुको निम्ति अन्तिम विकल्प र उच्च सहयोगी बन्न सक्छ ।

टिप्पणीहरू