नबिल कार्ड प्रयोगकर्तालाई कतार एयरवेजमा छुट

नबिल कार्ड प्रयोगकर्तालाई कतार एयरवेजमा छुट

नबिल बैंक र कतार एयरवेजबीच बैंकका कार्ड प्रयोगकर्तालाई विशेष सुविधा प्रदानको सम्झौता भएको छ । जसअनुसार बैंकका कार्ड प्रयोगकर्ताले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यमा यात्राका लागि हवाई टिकट खरिदमा १० प्रतिशत छुट पाउने छन् ।

यो छुट असार १७ गते शुक्रबारदेखि लागु हुने बैंकले जनाएको छ । हिजो भएको सम्झौतामा बिजनेश तथा इकोनोमी क्लासका हवाई टिकट खरिदमा १० प्रतिशत छुट प्राप्त हुनेछ । यसका लागि टिकट खरिदकर्ताले नबिल बैंकको आफ्नो कार्ड पेश गर्नुपर्ने छ ।

टिप्पणीहरू