एनएमबिको नयाँ योजना : मुद्दतीमा दोब्बर प्रतिफल

एनएमबिको नयाँ योजना : मुद्दतीमा दोब्बर प्रतिफल

एनएमबि बैंकले आफ्ना ग्राहकको निम्ति आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ योजना ल्याएको छ ।

एनएमबि डबल मुद्दती योजनाअन्तर्गत व्यक्तिगत ग्राहकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँ वा सोभन्दा बढीको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुने बैंकले जनाएको छ । त्यसैगरी, एनएमबि जन्मभूमि डबल मुद्दती योजनामा नेपालीले वैदेशिक रोजगारीबाट पठाएको रेमिट्यान्स रकममा ७० महिनामै सो रकम दोब्बर हुने बैंकले जानकारी गराएको छ ।

सोही योजनाअन्तर्गत बैंकका ग्राहकले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा लिन पाउँछन् । साथै उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने र मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सक्ने उल्लेख गरिएको छ ।

एनएमबि बैंकका हाल देशभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टर छन् ।

टिप्पणीहरू