सहकारी बैंकका सदस्यलाई ५७ लाखसम्म फिर्ता

सहकारी बैंकका सदस्यलाई ५७ लाखसम्म फिर्ता

राष्ट्रिय सहकारी बैंकका एक जना सदस्यले झण्डै ५७ लाख रुपैयाँसम्म संरक्षित पुँजीफिर्ता कोष वापतको रकम प्राप्त गरेका छन् । बैंकले संरक्षित पुँजीफिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड गरेपछि सदस्यले उक्त रकम पाएका हुन् ।

सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधानअनुरूप बैंकले सदस्य संघ/संस्थाले जम्मा गरेको बचत रकमको निम्ति ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल १७ करोड ७१ लख ७४ हजार दुई सय १९ रुपैयाँ ५७ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको बैंकले जनाएको छ ।

संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ–संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए । उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १३ हजार ७१२ सहकारी संघ÷संस्थाहरुको संरक्षित पुँजीफिर्ता कोषबाट लाभान्वित भएका छन् ।

बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेवापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचततर्फ ५६ लाख ५२ हजार तथा कर्जातर्फ १३ लाख ७८ हजार रुपैयाँसम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाईंले बताए ।

टिप्पणीहरू