सिटिजन्सको डिजिटल वित्तीय सेवा

सिटिजन्सको डिजिटल वित्तीय सेवा

सिटिजन्स बैंकले वेबसाइटमार्फत विभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ । ग्राहकको वित्तीय आवश्यकतालाई अझ सहज ढंगबाट परिपूर्ति गर्ने उद्देश्यका साथ उक्त सेवा शुरु गरेको बैंकले जनाएको छ ।

यसअन्तर्गत बैंकले प्रारम्भिक रुपमा ग्राहकले बैंकमा नगई आफ्नो डिम्याट, मेरो सेयर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा क्युआर कोडलगायत सेवाका लागि अनलाइन मार्फत निवेदन दिन सकिने व्यवस्था गरेको हो ।

यस्तै वेबसाइट मार्फत ग्राहकले मोबाइल तथा इन्टरनेट बैंकिङको निःशुल्क रेजिष्ट्रेशन र बन्द गर्न तथा पासवर्ड रिसेट, मेरो सेयरको रजिष्ट्रेशन र नवीकरण र पासवर्ड रिसेट, सीआरएन नम्बर दर्ता तथा जानकारी, क्युआर कोडको दर्ता र पासवर्ड रिसेट जस्ता सेवा प्राप्त गर्न सक्छन् ।

टिप्पणीहरू