जेठ अघिकै समयमा बैंकिङ कारोबार गर्नु/गराउनु : राष्ट्र बैंक

जेठ अघिकै समयमा बैंकिङ कारोबार गर्नु/गराउनु  : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले भोलिदेखि पूर्ववत् समयमै कार्यालय सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । सरकारले दुई दिन बिदा दिने निर्णय खारेज गरेपछि केन्द्रीय बैंकले मातहतका संस्थालाई त्यसैअनुसार गर्न भनेको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा सम्पूर्ण विभाग, महाशाखा, कार्यालय र इकाईलाई पुरानै समयमा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । ‘वि.सं २०७९ को लागि निर्धारित बैंक बिदाको सूची, कार्यालय समय र बैंकिङ कारोबार समयसम्बन्धी पूर्ववत् व्यवस्था असार १ गते देखि लागू हुने गरी कायम गर्न–गराउन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

यसअघि वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोहीअनुसार जेठ १ गतेदेखि बैंकहरुले पनि दुई दिन बिदा दिँदै आएका थिए । तर, आइतबारे बिदाको सर्वत्र आलोचना भएपछि जेठ २३ गतेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय खारेज गरेको हो ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/rb.pdf”]

टिप्पणीहरू