हिजो कुन कुन मन्त्री र सचिव आकाशमा ?

हिजो कुन कुन मन्त्री र सचिव आकाशमा ?

हिजो पनि राजधानीबाट बाहिर र बाहिरबाट राजधानी काठमाडौं फर्किने मन्त्री र विशिष्ट व्यक्तिहरु थुप्रै भेटिए । बुद्ध एयरको उडानमा काठमाण्डौबाट बिहान पौने ८ बजे लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा शहरी विकासमन्त्री डिल्लीबहादुर चौधरी भैरहवा जानुभएको थियो ।

त्यसैगरी जनकपुरबाट पूर्वमन्त्री मातृकाप्रसाद यादव बिहान सवा १० बजे बुद्ध एअरकै उडानमा काठमाडौं आउनुभयो । गुण एयरमा पूर्वमन्त्री पद्मा अर्याल पोखराबाट बिहान पौने १२ बजे काठमाडौं फर्कनुभयो भने यति एयरलाइन्सको बिहान साढे १२ बजेको उडानबाट पूर्व गृहमन्त्री खगराज अधिकारी पोखराबाट काठमाडौं आउनुभयो ।

बुद्ध एयरको उडानमा गृहसचिव टेकनारायण पाण्डे दिउँसो १ बजे जनकपुरबाट काठमाडौं आउनुभयो भने दिउँसो पौने ५ बजे नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क पनि त्यतैबाट राजधानी फर्कनुभयो ।

टिप्पणीहरू