अन्तर्घातीमाथि एमालेद्वारा भौतिक कार्वाही शुरु

अन्तर्घातीमाथि एमालेद्वारा भौतिक कार्वाही शुरु

एमालेका नेता तथा कार्यकर्ताले पैसा बुझेर अरु पार्टीलाई चुनावमा सहयोग गरेको भन्दै सोलुखुम्बु निर्वाचित वडा सदस्यहरुलाई भौतिक कारवाही गरेका छन् । सोलुखुम्बुको सोताङ गाउँ कमिटी कार्यालयमा आरोपी दुई जना कार्यकर्तालाई मोसो,जुत्ताको माला र गालामा चड्कन लगाइएको भिडियो सार्वजनिक भएको छ ।

आक्रोशित स्थानीय नेता तथा कार्यकर्ताले ‘तँलाई कति लाख पैसा दियो ?’ भनेर पटक पटक सोधेको सुनिन्छ । गलामा झुण्डाइएको जुत्ताको माला झिक्न खोज्दा महिला नेतृले गालामा चड्काएकी छन् ।उनीहरुले अरु दलको रकममा चुनाव जितेको भन्दै आगामी दिनमा उक्त रहस्य खुल्दै जाने बताएका छन् । एक जनाले सामाजिक सञ्जालमा विपक्षीहरुले उक्त लगानी उठाउन पाँच वर्ष लगाउने बताएका छन् ।

“आक्रोशित स्थानीय नेता तथा कार्यकर्ताले ‘तँलाई कति लाख पैसा दियो ?’ भनेर पटक पटक सोधेको सुनिन्छ । गलामा झुण्डाइएको जुत्ताको माला झिक्न खोज्दा महिला नेतृले गालामा चड्काएकी छन् ।”

यता पार्टी अध्यक्ष वीरबहादुर राईले आजै जारी गरेको विज्ञप्तिमा आज गाउँकार्यपालिका गठनका लागि भएको निर्वाचनमा हालैको स्थानीय तह निर्वाचनमा सोताङ गाउँपालिका वडा नम्बर २ बाट जितेका एमाले वडा सदस्यहरुले काँँग्रेसका उम्मेदवारहरुलाई मतदान गरेको भन्दै उक्त कारवाही गरेको उल्लेख छ । राईले वडा नम्बर २ का दुर्गाप्रसाद राई र ४ का सन्देश तामाङले पार्टीको विधान, आचारसंहिता,मर्यादा तथा ह्वीप विपरित कार्य गरेको भन्दै भौतिक कारवाही गर्नुपरेको भनेका छन् ।

उनीहरुलाई काँग्रेसका वडाध्यक्षमा पराजित उम्मेदवार उत्तमप्रसाद राईले २५ हजार नगद दिने प्रलोभन देखाई पाँच हजार रुपैयाँ दिइसकेको एमालेको दाबी छ । आजको घटनाबाट भर्खरै सम्पन्न स्थानीय निर्वाचन २०७९ मा समेत नेपाली काँग्रेसले आर्थिक चलखेल र डर, त्रास तथा धम्की देखाई निर्वाचन जितेको कुरा छर्लङ्ग भएको पनि एमाले पार्टी कमिटीले ठहर गरेको छ ।

टिप्पणीहरू