सबैथोक बढ्यो,गरिबी घट्ने बाटो बनेन

सबैथोक बढ्यो,गरिबी घट्ने बाटो बनेन

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा बढी हो । चालु आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सो आकारको बजेट आएको जानकारी गराउनु भएको हो ।

बजेटसँगै निजामती र सरकारी कर्मचारी,सेना, प्रहरी,शिक्षक सबैको तलब बढेको छ । सामाजिक सुरक्षा भत्ता पाउनेहरुको संख्या पनि अब बढ्ने भएको छ । बृध्द भत्ता पाउने ७० वर्षको उमेरलाई घटाएर ६८ वर्षमा झारिएको छ । तलब बढेसङ्गै अब बजार भाउ स्वतः बढ्ने छ ।

उता,खाना पकाउने ग्यासमा दिँदै आएको अनुदान रकमलाई सरकारले हटाउने निर्णय गरेको छ । एक सिलिण्डर ग्यासको कम्तीमा २६ सय रुपैयाँ पर्ने निश्चित छ ।

व्यापारी र व्यवसायीलाई आकर्षित गर्न विभिन्न क्षेत्रमा कर र भन्सार छुटको सुविधा दिइएको छ । तर,सर्वसाधारण जनता जो ६८ वर्ष उमेर पुग्न अझै दशकौं लाग्छ, जसको मासिक आम्दानीको कुनै गोरेटो पनि छैन,तिनलाई भने विगतमा झैँ यो वर्षको बजेटले पनि कुनामा पुर्याएको छ ।

अब गरिबीबाट पिल्सिएको त्यो विपन्न र सीमान्त वर्गको भागमा बढाउने कुरा के होला ?

टिप्पणीहरू