जहाज हराएपछि बोर्डिङ पास लिएकाहरु कुरेको कुर्यै

जहाज हराएपछि बोर्डिङ पास लिएकाहरु कुरेको कुर्यै

आज बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान १०:१७ बजे जोमसोममा अवतरण भैसक्नुपर्ने थियो । तर,केही मीनेटसम्म पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि सम्पर्कविहीन भयो ।

तीन जना चालक दलका सदस्यसहित ६ विदेशी र १३ नेपाली यात्रु बोकेर उडेको ९ एन एईटी कल साइनको ट्विनअटर जहाज हालसम्म पनि सम्पर्कविहीन छ ।

मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि जहाज दुर्घटनामा परेको आशंका गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार दुईवटा निजी हेलिकप्टरको प्रयोग गरेर शंका गरिएको ठाउँमा खोजी कार्यका लागि नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

खराब मौसमका कारण उध्दारमा खटिएको हेलिकप्टर मुस्ताङ्ग फर्किएको छ भने जमिनमार्गबाट खोजतलासको काम भैरहेको छ । तर, अहिलेसम्म जहाजको कुनै अत्तोपत्तो छैन ।

यता, त्यहि जहाजबाट काठमाडौँ उड्न बोर्डिंग पास लिएर बसेका यात्रुहरु पोखरा विमानस्थलमा रोकिएका छन् । ११:१५ को उडानबाट काठमाडौँ आउन बोर्डिंग पास लिएका यात्रुहरु जहाजको पर्खाइमा कुरेर बसेका हुन् ।

बोर्डिङ पास लिएर जहाजको प्रतिक्षा गरिरहेकी पेमा गुरुङले जहाज नफर्केकाले आफूहरु कुरेर बसेको बताइन् ।

टिप्पणीहरू