चुनाव हारेको झोकमा एमाले नेताले कार्यकर्तालाई समेत पार्टी छोडाए

चुनाव हारेको झोकमा एमाले नेताले कार्यकर्तालाई समेत पार्टी छोडाए

सर्लाहीको हरिवन नगरपालिकामा चुनाव हारेका केही एमाले नेता तथा कार्यकर्ताले पार्टी छाडेका छन् । हरिवन १ का वडाध्यक्ष उम्मेदवार रामबहादुर क्याप्छाकी र वडा नम्बर २ का वडाध्यक्ष उम्मेदवार अर्जुन महतो कुशवाहासहित नेता तथा कार्यकर्ताले एमाले छाडेको घोषणा गरेका हुन् ।

उनीहरुमध्ये २१ जना नेता, कार्यकर्ताले हिजैदेखि पार्टी छाडेको औपचारिक घोषणा गरिसकेका छन् । बाँकी केहीले एकाध दिनमा छाड्ने बताइएको छ ।

टिप्पणीहरू