ठमेलबाट निस्केर राजदूत रे सोझै होटल ग्राण्डतिर

ठमेलबाट निस्केर राजदूत रे सोझै होटल ग्राण्डतिर

हिजो दिउँसो ठमेलस्थित वैशाली होटलमा नेपाली काँग्रेसका नेता र पत्रकार विजय पाण्डेलगायतलाई भेटेपछि नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रे सोल्टीमोडस्थित होटल ग्राण्ड पुग्नुभयो ।

उहाँ नेपाल–भारत मैत्री समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गए पनि त्यहाँसमेत नेपालका केही नेता र अधिकारीहरुसँग बातचित गर्नुभएको थियो । भारतका पूर्व रेलमन्त्री सुरेश प्रभाकरसहित उहाँहरुले साढे ३ बजेदेखि झण्डै ५ बजेसम्म अन्तरक्रिया गर्नुभएको हो जसमा नेपाली काँग्रेसका नेता जीतेन्द्र देव, जसपा नेता मनिष सुमन,भारतीय दूतावासका प्रवक्ता नविनकुमार, भारतका लागि नेपालका पूर्वराजदूत लोकराज बराल,सीमा तथा परराष्ट्र विज्ञ हिरण्यलाल श्रेष्ठ र प्रेम लस्करीलगायत सहभागी थिए ।

कार्यक्रममा बोल्दै रेले सीमा विवाद र सन् १९५० को सन्धिजस्ता नेपाल र भारतबीच समाधान हुन बाँकी द्विपक्षीय राजनीतिक मुद्दालाई संवादबाट हल गर्नुपर्ने बताउनुभएको थियो । तर,भारतीय पक्षले नेपालमा आयोजित कार्यक्रममा ती कुरालाई उठाए पनि सरकारी तवरबाट कुनै पनि सुनुवाई नगर्ने गरेको पाइएको छ ।

टिप्पणीहरू