भारतबाट चामल पनि नआउने, कृषि पेशा छाडेर लाहुरे संस्कृति अंगालेकाले सबैको बिजोग हुने

भारतबाट चामल पनि नआउने, कृषि पेशा छाडेर लाहुरे संस्कृति अंगालेकाले सबैको बिजोग हुने

भारतले चामलको निर्यात व्यापारमा प्रतिबन्ध लगाउने तयारी थालेको छ । पर्याप्त घरेलु आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि रोक्न चामल निर्यातमा प्रतिबन्ध लगाउन प्रक्रिया शुरु गरिएको हो ।

उत्पादन कम भएपछि मूल्य बढेको भन्दै भारत सरकारले गहुँ र चिनीको निर्यात व्यापारमा रोक लगाइसकेको छ । भारतको प्रधानमन्त्री कार्यालयमा रहेको उच्चस्तरीय कमिटीले बजारमा मुलुकभित्र उत्पादित खाद्यान्नको आपूर्ति र उपलब्धताको अध्ययन गरेर चामल निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

भारतमा हाल उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च भएको छ । चामलको मूल्य पनि यही रुपमा बढे निर्यात प्रतिबन्ध लगाउने बताइएको छ । भारतले चामल निर्यातमा रोक लगाए यसको ठूलो असर नेपालमा पर्ने देखिन्छ । भारतले यसअघि नै चिनी र गहुँको निर्यात व्यापारमा रोक लगाउने निर्णय गरिसकेको छ ।

कोरोना महामारी, युक्रेन युद्ध र विश्वमा आएको कृषि उत्पादन ह्रासलाई दृष्टिगत गरि विश्वका अधिकांश मुलुकले खाद्य सुरक्षाको प्रबन्ध मिलाउन थालेका हुन् । तर नेपालमा कृषि उत्पादन हुन छाडेको छ भने विदेशबाट महँगोमा किनेर उपभोग गर्ने लाहुरे संस्कृति भित्रिएकाले निकट भविष्यमा ठूलै संकट आउनसक्ने आकलन गरिएको छ ।

टिप्पणीहरू