भारतद्वारा चिनी निर्यातमा रोक, नेपालमा हाहाकार मच्चिने आकलन

भारतद्वारा चिनी निर्यातमा रोक, नेपालमा हाहाकार मच्चिने आकलन

छिमेकी मुलुक भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । आगामी लागू गर्ने गरि भारत सरकारले यस्तो निर्णय गरेको हो ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जेठ १८ गतेदेखि कात्तिक १४ गतेसम्म चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतले चिनी निर्यातमा रोक लगाउने भएपछि नेपालमा हाहाकार हुनसक्ने विगतको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म चार अर्ब ८३ करोड रुपैयाँको ९४ हजार ८४ मेट्रिकटन चिनी नेपालमा आयात भएको भन्सार विभागको तथ्याङकमा उल्लेख छ । त्योमध्ये सबैभन्दा धेरै भारतबाट आयात भएको हो ।

नेपाल चिनी उद्योग संघका अनुसार चालु आवमा नेपालमा तीन लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । तर, त्यसमा कति उपभोग भयो भन्ने विवरण कुनै सरकारी निकायसँग छैन ।

भारतले चिनी निर्यातमा रोक लगाएको चार महिनाको अवधिमा नेपालमा ठूला चाडपर्व सबै पर्छन् । ती चाडपर्वमा अन्य आठ महिनाको तुलनामा झण्डै आधा चिनीको खपत हुने गरेको छ ।

टिप्पणीहरू