आज निको हुनेभन्दा संक्रमित धेरै

आज निको हुनेभन्दा संक्रमित धेरै

मुलुकभर आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा दुई हजार ९२० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण संक्रमण पुष्टि भएको हो ।

आज ११ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या नौ लाख ६६ हजार दुई पुगेको छ । हाल नेपालमा १३३ जना सक्रिय संक्रमित छन् ।

कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।

टिप्पणीहरू