रोकिएका राजदूत पनि जाने भए

रोकिएका राजदूत पनि जाने भए

संसदीय सुनुवाई समितिले यसअघि रोकेका प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिको आजको बैठकले श्रीलंकाका लागि वासुदेव मिश्र र डेनमार्कका लागि प्रा.डा. रामस्वार्थ रायको नाम अनुमोदन गरेको हो ।

यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको थियो । तर राय र मिश्रविरुद्ध उजुरी परेकाले अनुमोदन हुन बाँकी थियो ।

टिप्पणीहरू