केपी ओलीद्वारा नियुक्त जीएमको पनि उही पारा

केपी ओलीद्वारा नियुक्त जीएमको पनि उही पारा

अघिल्लो सरकारको नेतृत्व गर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न संघ, संस्थामा नियुक्त गर्नुभएका दुर्गा प्रसाईं मार्सीजस्ता केन्द्रीय सदस्य र सरकारी हाकिमहरुको प्रवृत्ति ठ्याक्कै मिल्दोजुल्दो पाइएको छ । नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक नियुक्त गुरु भट्टराईको दैनिकी नै सामाजिक सञ्जालमा ओली बाहेकका नेतालाई आमचकारी गाली गर्नु थियो ।

सरकारी कोषबाट तनखा बुझ्नेहरुले कम्तिमा सरकारी ओहोदामा बसुञ्जेल त्यस्तो पदीय मर्यादाविपरितका कार्य गर्न नहुने आवाज उठे पनि उनी सबैलाई भाग पुग्नेगरी २४ घण्टामा २४ भन्दा बढी स्टाटस र फोटो अपलोड गरेर बस्थे । पाएसम्म अन्य नेतालाई गाली गर्ने,नपाए एमाले अध्यक्षको गुणगान गाउने उनको ठेक्कै थियो ।

‘बालेनले ३० हजार भोट कटाए भने ३० दिन काठमाडौं बस्दिन । मैले बिर्सें भने सम्झाइदिनु है, प्लिज ।’

अहिले त्यो लाइनमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक देखिएका छन् । महाप्रबन्धक डिमप्रकाश पौडेलले गणना भइरहेको काठमाडौैं महानगरपालिकाको परिणामको बारेमा सामाजिक सञ्जालमा लेखेका हुन् । उनले लेखेको उक्त स्टाटस अहिले उनकै निम्ति गलपासो सावित भएको छ ।

महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिँदा उनको स्टाटस फेल खाएको हो । उनले लेखेका छन्, ‘बालेनले ३० हजार भोट कटाए भने ३० दिन काठमाडौं बस्दिन । मैले बिर्सें भने सम्झाइदिनु है, प्लिज ।’

एक लाख बढी मतगणना हुँदा बालेनले ३९ हजार मत कटाएका छन् । अझै ९० हजार मत गणना हुन बाँकी छ । कम्तिमा पनि ५० हजार मत कटाउने अवस्था बन्दै गएको छ ।

अब पौडेल अहिले नै काठमाडौं बाहिर जानुपर्छ कि पर्दैन होला ? निगमको एउटा कर्मचारी युनियनका एक जना कर्मचारीले प्रतिप्रश्न गरेका छन् । ‘उनले अब बाहिर गएको सूचना दिने कि नदिने ? होइन भने निगममा छिर्न नदिएझैँ आफ्नै लेखाइका कारण कमचारीले काठमाडौंबाट खेद्न नपरोस्,’ उनले भने ।

टिप्पणीहरू