बलात्कारविरोधी समूह संसद नजिकै पुग्यो

बलात्कारविरोधी समूह संसद नजिकै पुग्यो

आठ वर्षअघि सुन्दरी प्रतियोगिताका एक जना आयोजकबाट बलात्कृत भएको खुलासा गरेकी एक युवतीको पक्षमा बानेश्वरमा विरोध प्रदर्शन भएको छ । आज बिहान १० बजे माइतीघर मण्डलाबाट शुरू भएको उक्त प्रदर्शन उनलाई बलात्कार गरिएकै एभरेष्ट होटलअगाडि केन्द्रित भएको हो ।

सुन्दरी प्रतियोगिताको नाममा भएको उक्त घटनाले नयाँ बहस जन्माएको छ । सुरा र सुन्दरीलाई पर्यायवाचीको रुपमा लिँदै आएको नेपाली समाजले उक्त घटनालाई गतिलो उदाहरणको रुपमा अर्थ्याएको छ ।

तत्कालीन किशोरीलाई बलात्कार गर्न बनाइएको योजना,त्यसपछि जोडिएका पात्रहरुका कारण पनि सुन्दरी प्रतियोगिताको बाहिरी पक्ष जति सुन्दर भए पनि भित्री पक्ष त्योभन्दा धेरै गुणा कुरुप भएको तथ्य पनि उजागर भएको छ ।

टिप्पणीहरू