चुनाव हारेको रिसमा अरुमाथि आक्रमण

चुनाव हारेको रिसमा अरुमाथि आक्रमण

चुनाव हारेको तोडमा नेकपा एमालेको वडाध्यक्षका उम्मेदवारले कांग्रेसको विजय जुलुसमा आक्रमण गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–२७ को अध्यक्ष जितेपछि कांग्रेसले निकालेको विजय जुलुसमा आक्रमण भएको हो ।

वडाध्यक्षमा पराजित एमाले उम्मेदवार प्रदीपकुमार यादवको अगुवाईमा आफ्ना कार्यकर्तामाथि कुटपिट भएको कांग्रेसले आरोप लगाएको छ । एमालेको आक्रमणमा परी विजयी जुलुसमा सहभागी ६ जना कार्यकर्ता घाइते भएको बताइएको छ ।

वीरगञ्ज- २७ को अध्यक्षमा १५१६ मत ल्याएर कांग्रेसका हृदयनारायण प्रसाद कुर्मी विजयी भएका थिए । एमालेका यादवले भने मात्र १११६ मत पाए ।

आफ्ना उम्मेदवारको जितमा खुशी मनाइरहेका कांग्रेस कार्यकर्तामाथि पराजित प्रदीपले कार्यकर्ता लगाएर लाठीले कुटपिट गरेको बताइन्छ ।

टिप्पणीहरू