अछाममा कांग्रेसको एकछत्र, पञ्चदेवल पनि लग्यो

अछाममा कांग्रेसको एकछत्र, पञ्चदेवल पनि लग्यो

एमालेभित्र ‘१० भाइ’ समूहका नेता भीम रावलको गृहजिल्ला अछाममा नेपाली कांग्रेसले एकलौटी जित निकालेको छ । एमाले विभाजनको फाइदा उठाएको कांग्रेसले ६ वटा पालिकामा प्रमुख र चार वटामा उपप्रमुख जितेको हो ।

भर्खरै सम्पन्न मतगणनामा पञ्चदेवल विनायक नगरपालिकाको मेयर र उपमेयर दुवै काँग्रेसको पोल्टामा गएको छ । मेयरमा अम्बिकाकुमारी चलाउने ३ हजार ६५३ भोट ल्याएर निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रामब‍हादुर बिक ३ हजार १७२ मतले पराजित भए ।

यस्तै,उपमेयरमा काँग्रेसका हर्कबहादुर रावल निर्वाचित भएका छन् । ४ हजार १८८ मत पाएका उनले माओवादी केन्द्रकी रीता रावललाई हराएका हुन् । रावलले २ हजार ६१८ मत ल्याइन् ।

२०७४ सालमा पनि यो नगरमा काँग्रेसले मेयर र उपमेयर दुवै जितेको थियो । मेयरमा निर्वाचित चलाउने अघिल्लो चुनावमा उपमेयरमा निर्वाचित भएकी थिइन् ।

१० वटा स्थानीय तह रहेको अछाममा कांग्रेसले यसअघि नै कमलबजार, चौरपाटी,ढकारी,बान्नीगढी जयागढ़ र रामारोशनको नेतृत्व जितिसकेको छ । एमालेले २ र माओवादी केन्द्रले १ तह जितेका छन् ।

टिप्पणीहरू