ललितपुरमा उम्मेदवार नै नभएको रुख चिन्हमा ६ हजार भोट

ललितपुरमा उम्मेदवार नै नभएको रुख चिन्हमा ६ हजार भोट

ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मत गनेर सकिँदा नेपाली काँग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रतालाई थप फराकिलो बनाएका छन् । उनी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा नौ हजार बढी मत अन्तरले अघि छन् ।

निवर्तमान मेयरसमेत रहेका महर्जनले २१ हजार ३११ मत पाउँदा एमाले व्यञ्जनकारले १२ हजार १४९ मत पाएका छन् । राप्रपाका अष्ट महर्जनको मत एक हजार ९७० छ ।

उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम छ । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यभन्दा तीन हजार ५३९ मत अन्तरले अगाडि छिन् । मञ्जलीले ११ हजार ९६५ मत पाउँदा बाबुराजको आठ हजार ४२६ देखिन्छ ।

नेपाली काँग्रेसको उपमेयर उमेदवार नै नभएको रुख चिन्हमा पाँच हजार ८०० मत खसेको छ । ललितपुरमा नेपाली काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरमा चुनावी तालमेल गरेका हुन् ।

टिप्पणीहरू