काँग्रेसको विरासत पनि एमालेले भत्कायो

काँग्रेसको विरासत पनि एमालेले भत्कायो

सुर्खेतको भेरीगंगा नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका यज्ञप्रसाद ढकालले मेयर पद जितेका हुन् ।

उनले १० हजार २२ मत ल्याएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामबहादुर सिंहले नौ हजार ७९७ मत ल्याएका हुन् ।

नगरको उपमेयर एमालेकै धनसरा बोहराले जितेकी छन् । उनले नौ हजार ६१४ मत ल्याएर जितेकी हुन् । प्रतिस्पर्धी माओवादीका नन्दबहादुर कार्कीले आठ हजार ९१३ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा जनता समाजवादीका रत्ना विकले २१५ र राप्रपाका मीना विसीले २०० मत ल्याए ।

अघिल्लो निर्वाचनमा यो नगरमा नेपाली काँग्रेसले मेयर र उपमेयर दुवै पद जितेको थियो । तर अहिले माओवादीसँग गठबन्धन गरे पनि काँग्रेस पराजित भएको छ ।

टिप्पणीहरू