सप्तरी र कैलालीका २ नगरपालिकामा माधव नेपालको पार्टी विजयी

सप्तरी र कैलालीका २ नगरपालिकामा माधव नेपालको पार्टी विजयी

सप्तरी,शम्भुनाथ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा पाँच हजार ३९२ मत प्राप्त गरेर जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दिपेन्द्र चौधरीले चार हजार एक सय ४३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा अनिताकुमार चाैधरी चार हजार ९९८ मत ल्याएर विजयी भएकी छन् ।

उता कैलालीको घोडाघोडी नगरपालिका प्रमुखमा पनि उक्त पार्टीका उम्मेदवारले जितेका छन् । खड्कबहादुर रावत १३ हजार ३४ मत प्राप्त गरेर विजयी भएका हुन् । रावतले नेकपा एमालेका उम्मेदवार ममताप्रसाद चौधरीलाई आठ हजार ८३ मतमा सीमित गरिदिएका छन् ।

मेयरमा निर्वाचित रावत नेकपा एकीकृत समाजवादीको कैलाली जिल्ला सचिव हुन् ।

कैलालीमा पार्टीभित्रको अन्तरघातले तीन वटा पालिका हार्ने अवस्थामा पुगेको भनेर स्थानीय एमालेजनले सामाजिक सञ्जालमा लेखेका छन् ।

टिप्पणीहरू