सभामुखका भाइ पनि मेयर

सभामुखका भाइ पनि मेयर

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटाले जितेका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रबहादुर नेपाललाई चार हजार दुई सय ८७ मतान्तरले पराजित गरेका हुन् । सापकोटाले ११ हजार ७२ मत ल्याउँदा एमालेका इन्द्रबहादुर नेपालले छ हजार ७८५ मत ल्याएका छन् ।

उपमेयरमा पनि नेकपा एकीकृत समाजवादीकी सीता थापा निर्वाचित भएकी छन् । उनी नौ हजार ७२६ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी हुन् ।प्रतिस्पर्धी एमालेकी बालकुमारी सापकोटाले छ हजार ८७७ र काँग्रेसकी तुल्सीकुमारी श्रेष्ठले पाँच हजार ७६० मत ल्याएकी हुन् ।

त्यहाँ सत्ता गठबन्धन दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका थिए ।

टिप्पणीहरू