आज १५ जनामा कोरोना संक्रमण

आज १५ जनामा कोरोना संक्रमण

देशभर पछिल्लो २४ घण्टामा थप १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १९७ जनामा नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ । अझै एक सय ४९ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमणका कारण आज कसैले पनि ज्यान गुमाउन परेको छैन । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५२ जनाकोे ज्यान गएको छ ।

टिप्पणीहरू