कर्णाली प्रदेश : ३८ वटा पालिकाको परिमाणमा माओवादी केन्द्र पहिलो

कर्णाली प्रदेश : ३८ वटा पालिकाको परिमाणमा माओवादी केन्द्र पहिलो

निर्वाचन आयोगले ३८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । ३८ वटा पालिकामध्ये नेकपा माओवादी केन्द्र पहिलो स्थानमा रहेको छ । नेपाली काँग्रेस दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा सीमित बन्न पुगेको छ ।

३८ पालिकामध्ये माओवादी केन्द्रले १९ वटा पालिका जितेर पहिलो र काँग्रेसले १८ वटा पालिकामा विजय हासिल गरेर दोस्रो बनेको छ । एमालेले पाँच ओटा पालिकामा जित निकालेको छ ।

नेकपा एकीकृत समाजवादी तीन पालिकामा विजयी भएको छ । ३८ मध्ये दुई पालिकामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कर्णाली प्रदेशमा ७९ पालिका छन् । अझै ४१ ओटा पालिकाको नतिजा आउन बाँकी छ ।

टिप्पणीहरू