धुलिखेलमा एमालेलाई पछ्याउँदै बागी

धुलिखेलमा एमालेलाई पछ्याउँदै बागी

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा नेकपा एमाले अग्रता लिएको छ । एमालेबाट मेयरका उम्मेदवार अशोककुमार ब्याञ्जुले ३२६३ मतका साथ अग्रता लिएका हुन् ।

उनलाई २२९७ भोट ल्याएका काँग्रेसका बागी उम्मेदवार बिदुरबहादुर बस्नेतले पछ्याईरहेका छन् ।

कांग्रेसका बागीले त्यत्रो मत ल्याउँदा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका दया सागर श्रेष्ठले भने जम्मा ५६३ भोट पाएका छन् ।

उपमेयरमा पनि गठबन्धनका उम्मेदवारलाई उछिन्दै एमालेकी लालतारा अधिकारी फराकिलो अन्तरले पहिलो स्थानमा छिन् । उनले ३१८० मत पाउँदा गठबन्धनबाट काँग्रेसका निराजन जंगमले दुई हजार चार सय ७० मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उपमेयर उम्मेदवार दीपा श्रेष्‍ठले ५२० मत ल्याएकी छिन् ।

टिप्पणीहरू