चुनावमा खटिएका सैनिक लडेर रातारात अस्पताल

चुनावमा खटिएका सैनिक लडेर रातारात अस्पताल

स्थानीय चुनावका लागि सर्लाहीको बलरा नगरपालिकामा खटिएका नेपाली सेनाका एक जवान लडेर घाइते भएका छन् ।

बलरा- ७ गडैयामा तैनाथ श्री भैरवी दल गणका प्युठ नेत्र बानियाँ बिध्युत् प्राधिकरण भवनको छतबाट खसेर घाइते भएका हुन् । हाल उनको वीरगन्ज नेशनल मेडिकल कलेजमा उपचार भैरहेको जिप्रका पर्साले जनाएको छ ।

दुर्घटनालगत्तै मंलगवा प्रादेशिक अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेशनल मेडिकल कलेज ल्याइएकाे हो ।

टिप्पणीहरू