माओवादीको किल्ला खोस्यो काङ्ग्रेसले

माओवादीको किल्ला खोस्यो काङ्ग्रेसले

नेकपा (माओवादी केन्द्र) को प्रभावक्षेत्र मानिने रोल्पाको गंगादेव गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

अध्यक्षमा जिल्ला उपसभापति हरिबहादुर पुन निर्वाचित भएका छन् ।

उनीसित नेकपा (एमाले) का उम्मेदवार रोशनकुमार वली र ‘माओवादी–समाजवादी’ गठबन्धनका साझा उम्मेदवार बीरबहादुर केसी (भिउदे) पराजित भएका हुन्।

गाउँपालिकाको ७ मध्ये ५ वटा वडामा कांग्रेसले जित निकालेको छ भने एमाले–माओवादीले एक एक वडामा चित्त बुझाएका छन् ।

अघिल्लो स्थानीय निर्वाचनमा यस गाउँपालिकामा माओवादीको तर्फबाट उनै बीरबहादुरले बहुमत वडासहित विजय हासिल गरेका थिए । तर यसपटक भने उनी मत संख्यामा निकै मुनि झरेर पराजित भएका हुन्।

टिप्पणीहरू