भरतपुरमा काँग्रेसले खाता खोल्यो, रेनु भिनो मतले अगाडि

भरतपुरमा काँग्रेसले खाता खोल्यो, रेनु भिनो मतले अगाडि

भरतपुर महानगरपालिकाको वडा नम्बर १ को मतगणना सकिएको छ । त्यहाँ नेपाली काँग्रेसका उम्मेदवार केशव महर्जन वडाध्यक्षमा विजयी भएका छन् । महर्जनले एक हजार तीनसय ९७ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार शुक्रकुमार श्रेष्ठले एक हजार तीनसय १३ मत पाएका हुन् । काँग्रेसले ८४ मतले जितेको हो ।

यता, मेयर पदमा नेकपा माओवादीबाट उम्मेदवार बनेकी रेनु दाहालको अग्रता देखिएको छ । उक्त वडाबाट उनलाई एक हजार दुई सय आठ मत प्राप्त भएको छ ।

नेकपा एमालेका विजय सुवेदीले एक हजार ८७ मत पाएका छन् । काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चार सय ३० मत प्राप्त गरे ।

उपमेयरतर्फ काँग्रेसका चित्रसेन अधिकारीले एक हजार तीन सय ६२ मत पाउँदा राप्रपाकी हिमला गुरुङले आठ सय ७७ मत पाएकी छन् ।

टिप्पणीहरू