मंगलबार बिहानदेखि सर्वोच्चमा महिला न्यायाधीश २ जना मात्रै

मंगलबार बिहानदेखि सर्वोच्चमा महिला न्यायाधीश २ जना मात्रै

सर्वोच्च अदालतमा रहनुभएका तीनमध्ये एक जना महिला न्यायाधीशको आजसम्म रहेको न्यायाधीशको हैसियत भोलिदेखि भूतपूर्वमा परिणत हुँदैछ । यतिखेर वरियताको दोस्रो स्थानमा रहनुभएकी मीरा खड्काले भोलिदेखि अवकाश पाउन लाग्नुभएको हो ।

अब सर्वोच्चमा रहनुभएका तीन जना महिला न्यायाधीशको संख्या दुई (सपना प्रधान मल्ल र सुष्मालता माथेमा) मा झरेको छ । खड्काको अवकाशपछि न्यायपरिषद्मा वरिष्ठताको आधारमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रवेश हुँदैछ ।

छिट्टै अर्का न्यायाधीश तेजबहादुर केसीले पनि अवकाश लिँदै हुनुहुन्छ । त्यसपछि सर्वोच्चमा दुई जना न्यायाधीश खाली हुने भएकाले न्यायाधीश नियुक्तीको प्रक्रिया शुरु हुने अवस्था उत्पन्न भएको हो ।

टिप्पणीहरू