डाक्टर दीपेन्द्र बोखिमले एमालेको कुरा सुन्दिन भन्दै लाश चिर्न नमानेपछि..

डाक्टर दीपेन्द्र बोखिमले एमालेको कुरा सुन्दिन भन्दै लाश चिर्न नमानेपछि..

हिजोको चुनावभन्दा दुई दिनअगाडि बैशाख २८ गते बेलुका घर फर्कने क्रममा रहस्यमय ढंगबाट मारिएका एमाले कार्यकर्ता बिमल कार्कीको शव ताप्लेजुङ अस्पतालका चिकित्सकले शल्यक्रिया गर्न नमानेपछि इलामबाट अर्का चिकित्सक मगाउनु परेको छ ।

मिक्वाखोला-१ निवासी बिमलमाथि बाटो ढुकेर सत्तारुढ गठबन्धनका २५-२६ जना कार्यकर्ताले कुटिपिटी,हात भाँचेर,किचेर,मिचेर मारेको भनी एमाले जिल्ला अध्यक्ष भूपेन्द्र थेवेले भोलिपल्ट बिज्ञप्ती निकालेका थिए भने जिल्ला समन्वय समितिमा माओवादीका संयोजक बिष्णुकुमार हाङ्वाङ्ग (बीरु) र काङ्ग्रेस जिल्ला उपसभापति डिल्लीरमण बरालले लाशको राजनीति नगरी दोषीमाथि कार्वाहीको निम्ति संयुक्त बिज्ञप्तीसमेत निकालेका थिए ।

यसै क्रममा हिजो एमाले जिल्ला उपाध्यक्ष सन्तोष खतिवडाले भोलि बिदा,लास सड्ने डर हुन्छ,आजै पोस्टमार्टम गरिदिनोस् न भनी आग्रह गर्दा डक्टर बोखिमले “म तालिममा छु,पाँच बजेपछि लाश चिर्न मिल्दैन,त्यसमाथि एमालेको कुरा सुन्ने गरेको छैन” भनी गैह्र पेशागत र गैह्रजिम्मेवार जवाफ फर्काएका थिए । सो को अडियो जनआस्थाले फेला पारेको छ ।

https://www.facebook.com/resha.lama/videos/1117896502391938

-कमल भट्टराइबाट

टिप्पणीहरू