प्रतिकूल चुनावी परिणाम आउन थालेसङ्गै बालकोटमा एमाले अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच २ घण्टा वार्ता

प्रतिकूल चुनावी परिणाम आउन थालेसङ्गै बालकोटमा एमाले अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच २ घण्टा वार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच आज साँझ दुई घण्टा लामो भेटवार्ता भएको छ । चुनावको प्रारम्भिक संकेतसँगै अध्यक्ष ओली र उपाध्यक्ष पोखरेलबीच भएको दुई घण्टा लामो भेटघाटलाई अर्थपूर्ण मानिएको छ ।

पार्टी विभाजनपछि पनि दुई तिहाई मतका साथ स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने उद्घोष गर्नुभएका अध्यक्ष ओलीका अभिव्यक्तिलाई मतदान सकिएको २४ घण्टामै नराम्रो झट्का मिलेको देखिँदैछ । अघिल्लो चुनावमा शानदार विजय हासिल भएका कतिपय पालिकाका प्रारम्भिक मत परिणामले पनि एमाले नेतृत्वलाई झस्काइदिएको छ ।

पाँच वर्षअघिको स्थानीय तह,प्रदेश र संघीय संसदको निर्वाचनमा एमाले आफैंमा एकताबद्ध थियो । प्रदेश र संघीय संसदको निर्वाचनमा माओवादी र अधिकांश वामपन्थी दलहरुबीच चुनावी तालमेल पनि गरिएकै हो । त्यही बलमा मिलेको बहुमतलाई नजर अन्दाज गर्दा आजको अवस्था आएको सन्दर्भलाई एमाले नेतृत्वले अझै पनि नजरअन्दाज गरेको प्रतिक्रियाहरु आउन थालेका छन् ।

टिप्पणीहरू