उम्मेदवारकै अगाडि बृध्दलाई हँसिया हान्न खोजियो

उम्मेदवारकै अगाडि बृध्दलाई हँसिया हान्न खोजियो

हेटौँडा-८ का उम्मेदवार गोपाल श्रेष्ठ र बोलबहादुर कार्कीले एमाले पार्टी कार्यालयअगाडि ७० वर्षीय मतदाता भवनाथ सापकोटालाई दुर्व्यवहार गरेका छ्न् ।

आज बिहान ८ बजे उम्मेदवारकै अगाडि डम्बर घिमिरेले सापकाेटालाई आमाचकारी गाली गर्दै कुटपिटकाे प्रयास गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) मा लागेकाे, एमाले हराउन खाेजेकाे भन्दै बाटाेमा हिँडिरहेका सापकाेटालाई कार्यालय अगाडि कुटपिटकाे प्रयास भएकाे बताइन्छ । वडा सदस्यका उम्मेदवार गाेपाल श्रेष्ठ,एमाले नेत्री गणेश प्रधानकै अगाडि ७० वर्षीय सापकाेटालाई दुर्व्यवहार गर्दै घिमिरेले हँसिया प्रहार प्रयास भएकाे थियाे ।

घिमिरेलाई गाेपाल श्रेष्ठ,रमेश पाैडेलले राेकेका थिए ।

टिप्पणीहरू