बुटवलमा बम विस्फोट, रेष्टुरेण्टमा क्षति

बुटवलमा बम विस्फोट, रेष्टुरेण्टमा क्षति

स्थानीय तहको निर्वाचन हुन ३६ घण्टा बाँकी रहँदा बुटवलमा बम विस्फोट भएको छ । विस्फोट आज साँझ सवा ८ बजेको समयमा भएको हो ।

बुटवलको मिलनचोकस्थित आकाशेपुल नजिकै भएको विस्फोटमा स्थानीय बी ११ रेष्टुरेण्ट तथा बारमा क्षति पुगेको बताइएको छ । विस्फोट भएको स्थानमा नेकपा माओवादी लेखिएको तर च्यातिएको अवस्थामा पर्चा फेला परेको हो ।

उक्त पार्टीले पर्चामा स्थानीय चुनाव बहिष्कारको माग गर्दै भोलि र पर्सि नेपाल बन्दको कार्यक्रम राखेको छ । बन्द सफल पार्न विष्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ । औपचारिक रुपमा कसैले पनि उक्त विस्फोटको जिम्मेवारी लिएका छैनन् ।

प्रहरी घटना अनुसन्धानमा जुटेको बताइएको छ ।

टिप्पणीहरू