ताइवानमा शक्तिशाली भुकम्प

ताइवानमा शक्तिशाली भुकम्प

ताइवानको तटीय क्षेत्रमा शक्तिशाली भुकम्प गएको छ । भुकम्प ६ दशमलब ३ म्याग्निच्युडको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

भुकम्पबाट राजधानी ताइपेईका भवनहरु निकै हल्लिएको बताइन्छ । भुकम्पको धक्का पूरै ताइवानभरी महशुस गरिएको बताइएको छ ।

भुकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन । ताइवान पनि भुकम्पीय जोखिम क्षेत्रमा पर्छ ।

टिप्पणीहरू