कसको शरिर उत्कृष्ट ?

कसको शरिर उत्कृष्ट ?

१६औँ धर्मश्री शारिरिक सुगठन प्रतियोगिताको उपाधि झापाका उमेश राईले जितेका छन् । राजधानीमा दुइ दिनसम्म भएको प्रतियोगितामा एनआरके फिटनेशका उमेशले उक्त उपाधि जितेका हुन् ।

ग्यालेक्सी फिटनेश झापाका ललित धिमाल दोस्रो भएका छन् । उपाधिसँगै उमेशले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् । उपविजेता ललितले पाँच लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

मसल्स एण्ड फिटनेश, नयाँबजार काठमाडौंका कृष्णबहादुर सूर्यवंशी तेस्रो भएर तीन लाख रुपैयाँ पुरस्कार जितेका हुन् । चौथो स्थानमा बब्लिजेण्ड शेप फिटनेश, खुसिबुका सन्जम सागर शाक्य भए । उनले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा उमेशले ८० केजी तौल समूहमा प्रथम स्थान हासिल गर्दै धर्मश्री उपाधिको अन्तिम राउण्डमा प्रवेश गरेका थिए । सात वटा तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहका विजेता खेलाडीले अन्तिम चरणमा उक्त उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

यस पटक पहिलोचोटी आयोजना गरिएको महिलातर्फ द फिटनेश टेम्पल, भक्तपुरकी जासमिन लामा पहिलो भएर दुई लाख रुपैयाँ पुरस्कार पाएकी छन् ।विजेता खेलाडीलाई उपराष्ट्रपति नन्दकिशोर पुनले पुरस्कार प्रदान गर्नुभएको हो ।

टिप्पणीहरू