पाँच दर्जन पूर्वपञ्चहरु माओवादीमा छिरे

पाँच दर्जन पूर्वपञ्चहरु माओवादीमा छिरे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका पाँच दर्जन राप्रपाका नेता–कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।

राप्रपासम्बद्ध मजदुर संगठनका जिल्ला उपाध्यक्ष तुलबहादुर घर्तीसहित ६० जनाभन्दा बढी युवा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुलाई एक अनौपचारिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खादा र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

पार्टी प्रवेशपछि युवाहरुलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकको परिवर्तनका संवाहक युवा शक्ति भएकाले स्थानीय तहको निर्वाचनमा उनीहरुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । युवाहरुलाई उहाँले चुनावमा खटिएर लाग्न निर्देशन पनि दिनुभएको छ ।

टिप्पणीहरू