जेठदेखि अस्पताल पनि २ दिन बन्द हुने

जेठदेखि अस्पताल पनि २ दिन बन्द हुने

सरकारले आगामी जेठदेखि साताको दुई दिन बिदा दिने निर्णयलाई स्वागत गरेको स्वास्थ्य क्षेत्रले सोही दिनदेखि मुलुकभरका अस्पताल र स्वास्थ्य संस्थाहरुसमेत बन्द हुने निर्णय गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्याबिनेटको निर्णयबमोजिम सबै अस्पताल र स्वास्थ्य संस्थामा समेत दुई दिन सार्वजनिक बिदा दिने तयारी गरिएको बताएको छ ।

मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य संस्था तथा अस्पतालहरुमा पनि दुई दिन बिदा दिने तयारीले बिरामीहरु थप मारमा पर्ने निश्चित देखिन्छ । स्वास्थ्य मन्त्रालयले त्यसको निम्ति वैकल्पिक व्यवस्थाको तयारी गरेको बताए पनि वास्तविक रुपमा केही पनि तयारी नभएको बुझिएको छ ।

अघिल्लो साता सरकारले साताको दुई दिन बिदा दिने निर्णय गर्दा सबैभन्दा पहिले डाक्टरहरुको संस्था नेपाल चिकित्सक संघले औपचारिक रुपमा स्वागत गरेको थियो ।

टिप्पणीहरू